Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

'काबिल' सहयोगी चुन्न प्रधानमन्त्री देउवालाई माधव नेपालको सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

बिहीबार विश्व बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुझाव दिए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवातर्फ फर्किदै नेता नेपालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदोरहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक पनि चाहिन्छ ।’

मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री देउवालाई देश र जनताको काम गर्नका लागि काबिल (सक्षम) टीम चयन गर्न सुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077