Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

४ महिनापछि एमाले होइनौं भन्ने ४ पूर्वमाओवादी नेताहरुको रिट हेर्न नभ्याइनेमा

काठमाडौँ । सांसद पदमा पुनर्वहाली गरी पाउँ भन्दै दायर गरिएको पूर्वमाओवादी नेताहरुको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ ।

बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट पेसी सूचीमा चढेपनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण समय अभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेको हो ।

बुधबार नेकपा एमालेमा प्रवेश गरेको ४ महिनापछि ‘हामी एमाले होइनौं, माओवादी नै हौं’ हाम्रो सांसद पद पुनर्वहाली गरियोस् भन्दै पूर्वमाओवादीका चार नेताहरुले सर्वोच्चमा रिट दायर गरेका थिए।

गत चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पदमुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077