Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

माधव नेपाललाई सुवास नेम्वाङको आग्रह– ‘तपाई र आलीजी भेटेर कुरा गर्नुस्’, नेपालले के भने ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच संवादविहीनताको समय लम्बिएका बेला नेम्वाङले नेता नेपाललाई भेटेका हुन्।

भेटमा नेम्वाङले पार्टी एकतालाई अब निष्कर्षमा पु¥याउनु पर्ने र त्यसका लागि नेपालले भूमिका खेल्नुपर्ने बताएका छन्। दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक थिए। ‘एकताको सन्दर्भमा कुराकानी छलफल भयो । तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस् । कुराकानी गर्नुहोस् । एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेको छु,’ नेम्वाङले भने।

दशबुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न आग्रह गरेको उनले बताए। ‘दशबुँदे सहमति गरेका छौं । यसलाई टुंगोमा पुर्याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,’ नेम्वाङको आग्रह थियो। जवाफमा नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताएका थिए। ‘उहाँले ठिकै छ, छलफल गरौंला नि भन्नुभयो। अरुसँग पनि भेटघाट गर्छु भन्नुभएको छ,’ नेम्वाङले भने।

पार्टी एकताका विषयमा छलफल अघि बढिरहेको बताउँदै माधव पक्षले सरकारमा सहभागी नहुने बताएको छ। पार्टीका दोस्रो तहका नेताहले पार्टी अध्यक्ष र वरिष्ठ नेतालाई भेट गराउन प्रयास गरिरहेका छन्। तर, ओली र नेपालबीच लामो प्रयासका बाबजुद भेटवार्ता हुन सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077