Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुरातात्विक धार्मिक महत्त्वको बहुमुल्य धर्म ग्रन्थ हो भनि लाखौं ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – प्रहरीले ठगीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको राजविराज न.पा. वडा नं. ३ स्थायी घर भई हाल काठमाडौंको मैतीदेवी बस्दै आएका प्रशान्त प्रताप सिंह र दाङको शान्तिनगर गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको मृगस्थली बस्नदे छन्त्याल भन्ने पूर्ण बहादुर मगर रहेका छन्।

घटनामा संलग्न अन्य ३ जना फरार रहेका छन्। उनीहरुले बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ हो भनी रोल्पाका भिम बहादुर डाँगीसँग ३ लाख पाँच हजार र स्याङ्जाका विष्णुप्रसाद अर्यालसँग १२ लाख रुपैयाँ ठगी गरेका थिए। उनीहरुलाई काठमाडौंको न्यूरोडबाट साउन १३ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनामा फरार रहेको अन्य ३ जनाको खोजी हुनुका साथै थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077