Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुख्य प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङबीचको विवाद छानबिन गर्न खेलकुद मन्त्रालयलाई एन्फाको आग्रह

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारी र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङको विवादबारे छानबिन गर्न युवा तथा खेदकुद मन्त्रालयलाई आग्रह गरेको छ। शुक्रबार बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गर्ने जनाएका थिए। राजीनामाका कारण उपाध्यक्ष पंकजविक्रम नेम्वाङ भएको बताएका थिए।

नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए। उनले छानबिन गर्न एन्फालाई निवेदन समेत बुझाएका थिए। यस्तै अलमुताइरीले पनि बिहीबार छानबिनको लागि निवेदन दर्ता गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077