Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्षस्थानमा, अन्य देशको पदक संख्या कति ?

    टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्षस्थानमा, अन्य देशको पदक संख्या कति ?

    अनलाइन नेपाल
  • शनिबार, १६ साउन २०७८
  • 2.3K
    SHARES

    एजेन्सी – ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) मा सातौं दिनको खेल सकिँदा चीन शीर्षस्थानमै रहन सफल भएको छ। शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा बिहीबार शीर्षस्थानमा फर्किएको थियो। चीनले शुक्रबारसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य गरी कुल ४० पदक जितेको छ।

    दोस्रो स्थानमा रहेको आयोजक जापान १७, स्वर्ण ४ रजत र ७ कास्यगरी कुल २८ पदकसहित दोस्रो स्थानमा रहेको छ। शुक्रबार कुनैपनि स्वर्ण जित्न नसकेको अमेरिका १४ स्वर्ण, १६ रजत र ११ कास्यगरी कुल ४१ पदकसहित तेस्रो स्थानमा यथावत रहेको छ।



    रसियन खेलाडीको टोली (आरओसी) १० स्वर्ण, १४ रजत र १० कास्यसहित ३४ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ। ९ स्वर्ण, २ रजत र ११ कास्यगरी कुल २२ पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा यथावत छ।



    इंग्ल्यान्ड ६ स्वर्ण, ९ रजत र ९ कास्यगरी कुल २४ पदक जितेर छैटौं स्थानमा रहेको छ। दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ६ कास्यगरी कुल १५ पदक हात पार्दै सातौ स्थानमा रहेको छ। नेदरल्यान्ड्स ३ स्वर्ण, ७ रजत र ५ कास्यगरी १५ पदक जित्दै आठौं स्थानमा उक्लदा फ्रान्स ३ स्वर्ण, ५ रजत र ५ कास्य गरी १३ कास्य जित्दै नवौं स्थानमा रहँदा जर्मनी ३ स्वर्ण, ४ रजत र ९ कास्य गरी कुल १६ पदक जित्दै शीर्ष १० मा अटाएका छन्

    क्यानडा, न्युजिल्यान्ड, चेक रिपब्लिक र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १४ मा अटाएका छन्। दोहोरो स्वर्ण जित्न सफल इटाली, हंगेरी, स्लोभेनिया र कोसोभो शीर्ष १८ मा रहेका छन्।

    ब्राजिल स्वीट्जरल्यान्ड, जर्जिया, रोमानिया, चाइनिज ताइपेइ, हङकङ, दक्षिण अफ्रिका, अष्ट्रिया, सर्विया, नर्वे, स्लोभेनिया, ट्युनिसिया, इस्टोनिया, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, इथियोपिया, फिजी, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स र थाइल्यान्डले समान १–१ स्वर्ण जितेका छन्।

    टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ४२ राष्ट्रले स्वर्ण जित्दा ७० राष्ट्रले पदक जित्न सफल भएका छन्। नेपाल पदकविहीन भइसकेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार