Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चीनमा भारी वर्षासँगै आँधीबेहरीको खतरा

    चीनमा भारी वर्षासँगै आँधीबेहरीको खतरा

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 270
    SHARES

    एजेन्सी । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीवार भारी वर्षासँगै आँधीबेहरी आउने चेतावनी जारी गरेको छ।

    देशका केही भागहरूमा भारी वर्षा हुने अनुमानका आधारमा ‘निलो’ चेतावनी जारी गरिएको हो ।



    बिहीवार दिउँसोदेखि शुक्रवार दिउँसोसम्म गुइझोउ, हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी, गुआङ्डोङ, निङ्जिया र सानक्सीका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।



    मौसम विज्ञान केन्द्रका अनुसार यी क्षेत्रका केही भागहरूमा आँधीबेहरीका साथ अधिकतम समय ५० मिलिमिटर भन्दाबढी वर्षा हुने अनुमान गरिएको छ। स्थानीय सरकारहरूलाई उचित तयारी गर्न र तदनुसार आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ ।

    विद्यालय र किन्डरगार्टेनलाई विद्यार्थी र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न भनिएको छ । यसै गरी सम्भावित सडक जलमग्नका कारण र ट्राफिक जाम हुन सक्ने हुँदा चालकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

    चीनमा चार वाट स्तरका रङ–कोडित मौसम चेतावनी प्रणाली प्रयोग गरिन्छ, जसमा रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र निलो रङ्को चेतावनी क्रमशः जारी हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार