Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

खुमलटारबाट बालुवाटार हिडेका प्रचण्ड कोटेश्वर पुगे, माधव पक्षलाई सरकारमा जान दबाब !

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल गर्न खुमलटारबाट बालुवाटार हिडेका प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री देउवालै भेट्नु अघि नेपाललाई भेट्न उनको निवासमै पुगेका प्रचण्ड र नेपालबीच सत्ता सहकार्यबारे छलफल भइरहेकाे स्राेतको दाबी छ। सत्ता गठबन्धनमा मुख्य भूमिका खेलेको एमालेको माधव पक्षले पार्टी एकताका लागि भन्दै सरकारमा नजाने भन्दै आएको बेला प्रचण्डले भेट गरेका हुन्।

एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा लागेका प्रचण्ड कहिले बालुवाटार त कहिले कोटेश्वरमा पुग्ने गरेका छन्। गत असर २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवाले हालसम्म पनि मन्त्रिपरिषद बिस्तार गर्न सकेका छैनन्।

देउवानिकट स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले सकेसम्म आज र नभए भोलिसम्म मन्त्रिपरिषदको विस्तार गर्ने तयारी गरेका छन् । पछिल्लो समय बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकका अनुसार देउवा नेतृत्वको मन्त्रीमण्डलमा कांग्रेसलाई ८ र माओवादी तथा जसपालाई ७ /७ मन्त्रालयमा सहमति गरेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077