Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • म्याद सकिएका सामान बेच्‍ने कस्मेटिक गोदाममा महाशाखाको छापा

    म्याद सकिएका सामान बेच्‍ने कस्मेटिक गोदाममा महाशाखाको छापा

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 3.2K
    SHARES

    काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले म्याद सकिएको कस्मेटिक सामाग्रीमा नयाँ मिति राखेर बिक्रि वितरण गर्दै आएको एक गोदाममा छापा मारेको छ।

    आइतबार बिशेष सुचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले स्वयम्भूस्थित सानो भर्याङको एक घरमा छापा मारेको हो ।



    महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार भाटभटेनी, बिग मार्ट लगायतका स्थापित चेन सुपर मार्केटमा उनीहरुले नयाँ लेबर र मिति टाँसेर उक्त सामाग्री बिक्रि बितरण गर्दै आएका थिए ।



    ‘म्याद सकिएको कस्मेटिक सामाग्री बिक्रि वितरण हुँदै आएको छ भन्ने सूचना आयो । खोज्दै जाँदा सानो भर्याङमा त्यस्ता सामाग्रीलाई नयाँ लेबलिङ गर्ने गोदम नै रहेको खुल्यो’, एसपी कोइरालाले भने, ‘हामीले सोही गोदाममा छापा मारेका हौं । घटनाको थप अनुसन्धान हुन बाँकी छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार