Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माओवादी स्थायी समिति बैठक स्थगित, प्रचण्डलाई थप तनाव !

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।

आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्न  तय गरिएको बैठक आन्तरिक तयारीका लागि भन्दै स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ।आजको बैठकबाट सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लगाउने तयारी थियो । यसअघि आइतबार पनि पार्टीको स्थायी समिति बैठक बसेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा माओबादीको तर्फ़बाट हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन्। शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरुको दाबी छ।

यस्तै, हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।




स्रोतका अनुसार माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ । तर, अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघि नै आफ्ना सबै सांसदलाई मन्त्री चाहियो रे भन्दै तनाव व्यक्त  गरेका थिए।




प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077