Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राज्यमन्त्री श्रेष्ठलाई ठूलो झट्का, करोडौंको घोटालामा मुछिएका डा. गौतमको देउवाले गरे थमौती

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गरेकाे निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थगित गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएको दिनदेखि स्वास्थ्य उपकरण खरिदमा करोडौं घोटाला गरेको, अस्पतालमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेकोलगायतका विषयले विवादमा मुछिदै आएका गौतमको सरुवा देउवाले रोकेका हुन्।

मन्त्रालय स्तरीय उच्च्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका हुन् ।

सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुखमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।

देउवाको यो निर्णयसँगै मन्त्री श्रेष्ठलाई ठूलो झड्का लागेको छ । यसअघि गत साउन १० गते प्रधानमन्त्री देउवा एक्लैले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यतिबेला देउवाले गरेको निर्णयको चौतर्फी आलोचना समेत भएको थियो ।

गौतमलाई वीर अस्पतालमा सञ्चालित विभिन्न परियोजना र ठेक्का पट्टामा फेरि पनि अकुत आर्जन गर्ने उद्देश्यले पठाइएको वीरका कर्मचारीहरुको आरोप छ । डा. गौतमले चितवन मेडिकल कलेज (सीएमसी) लगायत बिभिन्न अस्पतालमा लगानी गरेर अकुत सम्पती आर्जन गरेको प्रमाण फेला परिसकेको छ । गौतमको सीएमसी १७६४२८ कित्ता, मौलाकालिका अस्पतालमा २३४०० कित्ता, अमेजन इन्भेष्टमेन्टमा ८५००० कित्ता, ग्यालेक्सीमा इन्भेष्टमेन्टमा ९९००० कित्ता, क्यानभास एजुकेसन फाउण्डेसनमा ३०००० कित्ता, र नारायणी आक्सिजनमा १२०००० कित्ता शेयर रहेको पुष्टि भइसक्दा पनि सरकारले भने डा. गौतमलाई अझै अकुत कमाउने जिम्मा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077