Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

वीरको घोटलामा मुछिएका डा. जागेश्वरको सरूवा भएकै पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीबाट डा जागेश्वर गौतमको सरुवा भएको पुष्टि गरेको छ।

मन्त्रालयले विवादित छबिमा रहेका र करोडौं घोटालामा मुछिएका गौतमलाई परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल सरुवा गरिएको र उनीसंगै सरुवा गरिएको अन्य तीन जनाको भने सरुवा राेकिएकाे जनाएकाे छ । यसअघि डा गौतमको सरुवा प्रधानमन्त्री देउवाले रोकेको भन्ने खबर बाहिर आएको थियो।

सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमलाई कोभिड युनिफाइड अस्पतालको प्रमुखबाट हटाउँदै प्रसुति गृह सरुवा गरेका थिए। जसमा राज्यमन्त्री श्रेष्ठले डा रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिएका थिए। तर, रुद्र मरासैनीलाई रोकेर भुपेन्द्र बस्नेतलाई प्रमुख प्रशासकिय अधिकृत बनाउने आज निर्णय भएको छ।

यस्तै, राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखामा डा विवेकलाल कर्ण, क्षयरोग केन्द्रको प्रमुखमा रीता जोशीलाई जिम्मेवारी दिएका थिए। मन्त्रायलले डा मरासिनी, डा कर्ण र जाेशीकाे सरुवा राेकिएकाे र गौतमको भने नरोकिएको पुष्टि गरेको छ।

गौतमलाई वीर अस्पतालमा सञ्चालित विभिन्न परियोजना र ठेक्का पट्टामा फेरि पनि अकुत आर्जन गर्ने उद्देश्यले पठाइएको वीरका कर्मचारीहरुको आरोप छ । डा. गौतमले चितवन मेडिकल कलेज (सीएमसी) लगायत बिभिन्न अस्पतालमा लगानी गरेर अकुत सम्पती आर्जन गरेको प्रमाण फेला परिसकेको छ । गौतमको सीएमसी १७६४२८ कित्ता, मौलाकालिका अस्पतालमा २३४०० कित्ता, अमेजन इन्भेष्टमेन्टमा ८५००० कित्ता, ग्यालेक्सीमा इन्भेष्टमेन्टमा ९९००० कित्ता, क्यानभास एजुकेसन फाउण्डेसनमा ३०००० कित्ता, र नारायणी आक्सिजनमा १२०००० कित्ता शेयर रहेको पुष्टि भइसक्दा पनि सरकारले भने डा. गौतमलाई अझै अकुत कमाउने जिम्मा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077