Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महन्थ ठाकुरद्वारा दायर रिटमाथिको सुनुवाइ न्यायाधीश प्रकाशमानको इजलासमा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । आज सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिह राउतको इजलासमा आज उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

यसअघि गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा ठाकुरले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ हुने भनिएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि प्रक्रिया रोक्न माग गर्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरिरहन नपर्ने निर्णय गरेको थियो ।

‘निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकोले म समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकोले सुबिधा सन्तुलनको दृष्टिबाटसमेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077