Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस पदाधिकारीको बैठक बस्दै

    कांग्रेस पदाधिकारीको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।

    देउवाले बैठक बुधबार दिउँसो ३ बजे आफ्नो निजिनिवास बूढानीलकण्ठमा बस्ने गरि बोलाएको उनको सचिवालयले जनाएको छ।



    सचिवालयका अनुसार आजको बैठकमा पार्टीको आगामी महाधिवेशनको विषयमा छलफल हुनेछ। यस्तै, आजको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा पनि छलफल हुने सचिवालय स्रोतको भनाइ छ।



    यसअघि क्रियाशील सदस्यता छानविन समितिले केही जिल्लाको सदस्यता विवाद समाधान गर्ने जिम्मा शीर्षतहलाई दिँदै प्रतिवेदन बुझाएको थियो । पार्टीको महाधिवेशन नजिकिए पनि सदस्यता विवाद समाधान हुन भने सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार