Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फारम नै नभरेका व्यक्तिले कांग्रेस क्रियाशील सदस्यता पाएपछि रसुवामा भाँडभैलो

    फारम नै नभरेका व्यक्तिले कांग्रेस क्रियाशील सदस्यता पाएपछि रसुवामा भाँडभैलो

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    रसुवा । नेपाली कांग्रेसको छानविन समितिले नै फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशली सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद उत्पन्न भएको छ ।

    नेपाली कांग्रेसको क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फाराम नभरेका एक सयभन्दा बढी व्यक्तिलाई छानविन समितिले नै सिधै क्रियाशील सदस्यता दिएको यहाँका कांग्रेस कार्यकर्ताले बताएका छन् ।



    वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फाराम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि कांग्रेसका रसुवाका युवा छानविन समितिप्रति आक्रोसित भएका हुन् ।



    नेपाली कांग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष तामाङले जिल्लामा स्वच्छेचारी ढङ्गले सदस्यता वितरण गरिएको अरोप लगाउँदै क्रियाशील सदस्यताले पार्टीप्रति इमान्दार र आस्थावान् कार्यकर्ताको मनोवल गिराउने काम भएको बताए ।

    पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा एमालेको वडा कमिटीमा रहेकालाई पनि क्रियाशील सदस्यता वितरण गरिएको कांग्रेसका युवाले जनाएका छन् ।

    तिहार अगाडि ७५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिँदा रसुवा र रौतहटको क्रियाशील सदस्यता टुङ्गिन बाँकी रहेकामा यहाँको आइतबार मात्र टु्ङ्ग्याइएको थियो ।

    क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोबल उकास्न नसकेको भन्दै नेपाली कांग्रेस रसुवाले आपत्ति जनाएको छ । वडा कार्यसमितिबाट सिफारिस गरिएका कार्यकर्ताको क्रियाशील सदस्यता कटौती गर्ने र विधानविपरीत गैरकांग्रेसलाई जबर्जस्ती सदस्यता वितरण गरिएको भन्दै क्रियाशील सदस्यता छानविन समितिको आलोचना भएको छ ।

    क्रियाशील सदस्यताको छानबिन निष्पक्षरुपमा नभएसम्म १४ औँ महाधिवेशनमा भाग नलिने रसुवाका नेता कार्यकर्ता बताउँछन् । रसुवामा कांग्रेसका क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार