Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल पक्षको बैठकमाथि सूर्य थापाको प्रहार: गाईजात्रा नभएर गोरुजात्रा नै गर्न लागे

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका स्थायी कमिटी सदस्य सूर्य थापाले ‘पार्टीको बैठकमा नआउने तर गुटको भेलालाई बैठक नै हो भनेर हल्ला गर्ने ?’ भन्दै माधव नेपाल पक्षको बैठकप्रति प्रश्न उठाएका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकर समेत रहेका नेता थापाले माधव पक्षको बैठकलाई लक्षित गर्दै सो पक्षले गाईजात्रा नभएर गोरुजात्रा नै गर्न लागेको आरोप लगाए। सामाजिक सञ्जालमार्फत थापाले लेखेका छन्, ‘संविधान, कानुन, विधान, विधि र पद्धतिअन्तर्गत त यस्तो अनधिकृत र गैरकानुनी कार्य गर्न पाइँदैन । अझ माधव कु. नेपालको विधि,पद्धतिको रटानविपरीत यसो गर्न किमार्थ मिल्दैन । खासमा यसो गर्नु गाईजात्रा नभएर गोरूजात्रा नै हुन्छ।' पछिल्लो समय नेता थापा नेता नेपालमाथि पूर्णत: खनिदै आएका छन् । यसअघि बुधबारका लागि तय भएको नेपाल पक्षको बैठक केन्द्रीय सदस्यहरु उपत्यका बाहिर रहेकाले सारिएको थियो। एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको मेटमणि चौधरीले बताएका छन्। अहिले नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बसेको छ। यस्तै, पार्टी अध्यक्ष ओलीपक्षले भने नेपाल पक्षको बैठकलाई अनधिकृत भनेको छ। बुधबार साँझ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति निकाल्दै आजक नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अनधिकृत भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077