Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरी जवानको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

    प्रहरी जवानको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थीसहित ६ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भोजपुर पौवादुङ्‌मा गाउँपालिका-६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय सरोज राई, २७ वर्षीय राज कुमार राई र धनकुटा शहिदभूमि गाउँपालिका-३ बस्ने २१ वर्षीय खपाङ राई रहेका छन् ।



    प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि संगम राईबाट नगद १ लाख १८ हजार रपैयाँ, सागर राईबाट नगद १ लाख १८ हजार रुपैयाँ र सरोज राईबाट नगद २ लाख रुपैयाँ लिएको खुल्न आएकोले उक्त कार्यमा संलग्न ६ जनालाई १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरेको जनाएको छ।



    पक्राउ परेका उनीहरुमाथि शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार