Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

    ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 20.1K
    SHARES

    बारा । बारामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

    जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको थियो ।



    सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो ।

    घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ । मृतक परियारको घर अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार