Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सुनसरीमा प्रहरी जवानले गरे गोली हानी आत्महत्या

    सुनसरीमा प्रहरी जवानले गरे गोली हानी आत्महत्या

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 15K
    SHARES

    इनरुवा । सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका २ घर भई कोशी गाउँपालिका ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको छ ।



    राति सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ ।



    घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार