Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पहिरोमा पुरिएर प्रहरी जवानको मृत्यु, अर्का जवान घाइते

    पहिरोमा पुरिएर प्रहरी जवानको मृत्यु, अर्का जवान घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 13.3K
    SHARES

    मकवानपुर । मकवानपुरमा पहिरोमा पुरिएर प्रहरी जवानको मृत्यु भएको छ ।

    जिल्लाको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत जाजरकोटको शिवालय गाउँपालिका ८ घर भएका कृतिबहादुर नेपालीको मृत्यु भएको हो ।



    भैँसे बजारबाट हेटौंडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति ११ बजेर २५ मिनेट जाँदा त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित हेटौंडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खसेको थियो ।



    घटनामा गम्भीर घाइते भएकोमा उपचारको क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । अर्का घाइते प्रहरी जवानको हेटौंडा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार