Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शान्ति मिसन प्रश्नपत्र लिक : हवल्दारको बयानले हंगामा, भयो यस्तो खुलासा

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा जानका लागि प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएकोबारे छानबिन भइरहेको छ।

प्रहरी प्रधान कार्यालयबाट गठित छानबिन समितिले शंकास्पदहरुसँग बयान लिइरहेको छ। साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो। प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ।

डिआईजी वसन्त लामा नेतृत्वको समितिले बिहीबार प्रहरी हवल्दार कुमार शाहसँग बयान लिएको छ। ८ वर्ष प्रहरी प्रधान कार्यालयको युएन शाखामा बसेर केही समयअघि मात्र साइबर ब्यूरोमा सरुवा भएका शाहले आफैँले डिएसपी रुपेश खड्कालाई शान्ति मिसनको प्रश्नपत्र दिएको बयान दिएका छन्।

‘डिएसपी सा’पलाई मैले नै प्रश्नपत्र दिएको हुँ,’समितिसँगको बयानमा उनले भने। यसअघि युएन शाखामा बसेका खड्का र शाहको बिचमा पुरानो चिनजान थियो। समितिले युएन शाखामा कार्यरत डिएसपी बासु पाठक सहित दर्जन प्रहरी अधिकारीहरूसँग बयान लिएको छ।

हवल्दार कुमार शाह र युएन शाखामा कार्यरत परिचर सुरेश बमलाई समितिले आन्तरिक नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरूलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077