Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तुइन प्रकरण : पीडितलाई नभेटी छानबिन टोली भारतीय भूमिबाट घटनास्थलमा, स्थानीयद्वारा नाराबाजी

    तुइन प्रकरण : पीडितलाई नभेटी छानबिन टोली भारतीय भूमिबाट घटनास्थलमा, स्थानीयद्वारा नाराबाजी

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 1.7K
    SHARES

    धनगढी । भारतीय एसएसबीले तुइनको डोरी काटेपछि दार्चुलाका जयसिंह धामी महाकालीमा बगे। उक्त घछनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनाको अध्ययनमा छ।

    बिहीबार उक्त छानबिन समितिको टोलीविरुद्ध स्थानीयले मालघाटमा प्रदर्शन गरेका छने। स्थानीयले टोलीको कामप्रति असन्तुष्टि जनाउँदै उनीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन्। नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीका भाइ नरेन्द्रले पीडित पक्षसँग भेटघाट समेत नगरेर भारतीय भूमिबाट घटनास्थलको निरीक्षणका लागि पुगेकाले प्रदर्शन गरिएको बताए।



    स्थानीयले भारतीय भूमि टेकेर आउने छानबिन समिति मुर्दावाद, गोर्खाली कहिल्यै झुक्दैन, कालापानी लिपुलेक हाम्रै हो जस्ता नारा लगाएका थिए। बिहीबार दिउँसो गृह सहसचिव जनार्दन गौतम नेतृत्वको टोली घटनास्थलको निरीक्षणका लागि सदरमुकाम खलंगाबाट भारतीय बाटो हुँदै गएको थियो। स्थानीयले महाकाली वारि नेपाली भूमिमा प्रदर्शन गर्दा टोलीले पारिपट्टि भारतीय भूमिमा निरीक्षण गरिरहेको थियो।



    निरीक्षणपछि टोली सदरमुकाम फर्किएको छ। छानबिन टोलीकी सदस्य समेत रहेकी दार्चुलाकी निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले घटनास्थलको निरीक्षण गरेर फर्किएको बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार