Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिएका छन्। विष्टले वर्तमान प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष बिहीबार राजीनामा दिएका हुन्।

विष्ट तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीको पालामा चार वर्षका लागि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। विष्टले आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरेको जानकारी गराएका छन्।

त्यस्तै उनले एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने लगायतका कार्यहरू भएको उल्लेख गरेका छन्।

दुई दशकभन्दा लामो समयदेखि मूलधारको पत्रकारिता गरेका विष्टले नेपाल पत्रकार महासंघको अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077