Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

को हुन् रामकुमारी झाँक्री ? जो ओली प्रवृतिविरुद्ध डटेर सामना गर्दैछिन्

निर्मल लामिछाने / काठमाडौँ । विसं २०३४ सालमा गुल्मी जिल्लाको मयल पोखरी गाविस-१मा जन्मिएको रामकुमारी झाँक्रीको बाबु आमाको नाम क्रमश: रत्नबहादुर र रनकुमारी हो।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष भैसकेकी उनी हाल प्रतिनिधि सभामा नेकपा एमालेको तर्फबाट सांसद छिन् ।

२०६६ माघ २९ मा धनकुटाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी झाँक्री पछिल्लो समय पार्टीभित्र चर्किरहेको द्वन्दमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आबद्ध छिन्।

पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गत पुषमा प्रतिनिधिसभा विघटन गरेपश्चात ओलीसँग रुष्ट बनेकी झाँक्रीले त्यसविरूद्द आवाज उठाएर नेपाल पक्षको खम्बाका रुपमा उभिएकी छिन्।

विद्यार्थी जीबनदेखि राजनीतिमा लागेकी उनी पार्टी भित्र खरो वक्ताका रुपमा चिनिन्छिन्, उसो त उनमा भएको निडरता र सत्यको पक्षमा आवाज उठाउन पछि नहट्ने स्वभावले नै गर्दा लाखौं युवा युवतीहरु उनको फ्यान फलोअर्समा रहेका छन्।

पछिल्ला दिनहरुमा प्रतिनिधिसभा विघटनपश्चात सडकमा शक्ति प्रदर्शन गर्नेदेखि लिएर संघर्षका अनेकौं कार्यक्रमहरुमा अग्रपंक्तिमा खटिने झाँक्री केही महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालकोट (ओली निवास) पुर्याउछौं भनेपछि प्रहरी हिरासतमा समेत पुगेकी थिइन्।

उतिबेला ओलीले गरेको असंबैधानिक कदमविरुद्द संघर्ष गर्दै आएको माधव पक्ष यतिबेला पनि संघर्षकै मैदानमा छ। एमालेको माधव पक्षले नै ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो।

पार्टी एकता र फुटको संघारको दोधारमा रहेको बेला एमाले नेत्री झाँक्री भने ओली प्रधानमन्त्रीबाट हटेर मात्र नहुने भन्दै अध्यक्षबाट पनि राजिनामा नै दिनु पर्ने बताउदै आएकी छिन् । आफ्नो पक्षको माग र पार्टीमा सम्मानजनक स्थान मागेको माधव पक्षले पछिल्लो समय राजधानीमा केन्द्रीय समितिको बैठक आयोजना गरिरहेको छ।

उक्त बैठकमा पनि कुनैबेला माधव पक्ष भनेर चिनिएका प्रमुख नेताहरु समेत अनुपस्थितहुँदा झाँक्री डटेर लागिपरेकी छिन्। पार्टी एकतामा जोड रहेको तर आफ्नो मागहरु सम्बोधन हुनु पर्ने अडान लिएको माधव पक्षलाई अहोरात्र खटेर साथ दिने रामकुमारी झाँक्री पछिल्लो पुस्ताका एक आइडल छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077