Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हात्तीको दाँतसहित ३ जना पक्राउ

बाँके। जिल्लाको बैजनाथ गाउँपालिका-६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँतसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका-५ बस्ने ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धन बहादुर सुनार रहेका छन् ।

उक्त चोकमा अवैध वन्यजन्तुका अंगको खरिद बिक्री भइरहेको भन्ने सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त दाह्रा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077