Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना भाइरस

    २,५४८ जना संक्रमित थपिँदा ५५ जनाको मृत्यु

    २,५४८ जना संक्रमित थपिँदा ५५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ०२९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ०३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ४११ जना गरी २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख १४ हजार ८७७ जना पुगेको छ । तीमध्ये ६ लाख ६९ हजार २९९ जना निको भएका छन्  ।



    जसमध्ये ३१ हजार ९६३ जना होम आइसोलेसनमा र ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण १० हजार ९३ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो ३,२१८ जनामा कोरोना पुष्टि हुँदा १,७२२ जना संक्रमणमुक्त भएका थिए भने १९ जनाको मृत्यु भएको थियो

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार