Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दीपावलीकै दिन छोरी र श्रीमतीमाथि एसिड छ्याप्ने पुरुषलाई धनुषा अदालतले दोषी ठहर गर्‍यो

    दीपावलीकै दिन छोरी र श्रीमतीमाथि एसिड छ्याप्ने पुरुषलाई धनुषा अदालतले दोषी ठहर गर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 2.5K
    SHARES

    धनुषा – जिल्ला अदालत धनुषाले दीपावलीकै दिन आफ्नो छोरी र श्रीमतीमाथि एसिड प्रहार गर्ने षुरुषलाई दोषी ठहर गरेको छ। अदालतले आरती साहमाथि एसिड खन्याउने उनकै २६ वर्षीय पति संजीव साहलाई दोषी ठहर गरेको हो।

    सोमबार धनुषा जिल्ला अदालतको फाँट नम्बर ३ मा कृष्णमुरारी शिवाकोटीको एकल इजलासले संजीवलाई दोषी ठहर गरेको छ भने एसिड व्यवसायी नागेन्द्र साहलाई सफाई दिएको छ। संजीवले नागेन्द्रकै पसलबाट एसिड खरिद गरी आरतीमाथि उक्त एसिड खन्याएका थिए।



    धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रका अनुसार न्यायाधीश शिवाकोटीले संजीवको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएका छन् । गत कात्र्तिक १९ मा दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकी नगर टोलमा रहेको ससुरालीमा गएर उनले पत्नी आरती साह र छोरी रिया साहमाथि एसिड प्रहार गरेका थिए।



    घटनापछि सरकारी वकिलको कार्यालयले धनुषा अदालतमा संजीव र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए। दुवै जनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि माग दावी गरेको थियो।

    एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंग कुरुप बनेको छ भने एसिड आक्रमणबाट छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ। सरकारी वकिल तथा कानून व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सजायको लागि अदालतमा पेसी हुने र सोही अनुसार सजायको फैसला हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार