Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • महिलामाथि एसिड प्रहार, ससुरा र जेठाजु पक्राउ

    महिलामाथि एसिड प्रहार, ससुरा र जेठाजु पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बारामा २७ वर्षीय महिलामाथि एसिड प्रहार भएको छ ।

    गएराति ८ बजेतिर पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ ठेगाना भएकी सीता पटेलमाथि एसिड प्रहार भएको हो ।



    माइतीघर बाराको कलैयास्थित कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले उनीमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । पटेलको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।



    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जेठाजु रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार