Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमान पक्राउ

    श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भक्तपुरको सूर्यविनायकका एक वृद्धले आफ्नी पत्नीलाई एसिड प्रहार गरेका छन् ।

    सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा ६० वर्षीय पूजा गुभाजुमाथि श्रीमान श्याम गुभाजुले एसिड प्रहार गरेका हुन् ।



    नाम नखुलेको केमिकल प्रहारबाट महिला घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।



    एसिड प्रहार गर्ने ६० वर्षीय पीडित महिलाका श्रीमान श्यामलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ पौने ७ बजेतिर पूजालाई एसिड प्रहार गरिएको थियो । एसिड आक्रमणबाट उनको टाउको र ढाडको भाग जलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार