Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारी कोष एक खर्ब ४३ अर्बले घाटामा, यस्तो छ सरकारले ल्याएको श्वेतपत्र (पूर्ण पाठसहित)

    सरकारी कोष एक खर्ब ४३ अर्बले घाटामा, यस्तो छ सरकारले ल्याएको श्वेतपत्र (पूर्ण पाठसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले श्वेतपत्र ल्‍याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् ।

    श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिए । उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६ अर्बमा पुगेको स्मरण गराएका छन् ।



    स्वेतपत्रमा भनिएको छ–‘आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ ।’



    सरकारी खर्चबारे श्वेतपत्रको बुँदा नम्बर ५ मा ‘सरकारी खर्च बढ्दै गएपनि चालुखर्चको तुलनामा पुँजीगत खर्च बढ्न नसकेको उल्लेख छ । बुँदा नम्बर ५ मा भनिएको छ–‘आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकारको कुल खर्च १० खर्ब ८७ अर्ब हुँदा पुँजीगत खर्च २४.९ प्रतिशत भएकोमा आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको कुल खर्च ११ खर्ब ८० अर्ब हुँदा पुँजीगत खर्च १९.३ प्रतिशतमा सीमित हुन पुगेको छ। त्यसैगरी,आर्थिक वर्ष २०७४/७५ कोकुल खर्चमा चालु खर्चको अनुपात ६४.१ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७÷७८ मा उक्त खर्च ७२.१ प्रतिशत पुगेको छ।’

    यस्तो छ सरकारले ल्याएको श्वेतपत्र

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार