Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रेम विवाहको अन्तर्य : केटाविरुद्ध जाहेरी दर्ता

    प्रेम विवाहको अन्तर्य : केटाविरुद्ध जाहेरी दर्ता

    अनलाइन नेपाल
  • बुधबार, २७ साउन २०७८
  • 1.7K
    SHARES

    रामनारायण यादव / सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर ७ पोखरियाकी ज्योति पासवानको मृत्यु प्रकरणमा प्रेमी कृष्ण मिश्राविरुद्ध उजुरी दर्ता गरिएको छ ।

    इलाका प्रहरी कार्यालय कडरबोनामा मंगलबार ज्योतिका बुबा प्रमोद पासवानले आत्महत्या दुरुत्साहन ज्यान सम्बन्धी शीर्षकमा जाहेरी दर्ता गराएका हुन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्ले लिखित जाहिरी आई सइसकेकोले दोषीलाई कार्वाहीको दायरमा ल्याउने बताए ।



    ज्योतिका बुबाले दिएका जाहेरीमा कृष्णले ललाइफकाइ आफ्नी छोरीलाई घरबाट लिएर गएको र यौन शोषण गरी छाडेपछि छोरीले तनावमा आएर आत्महत्या गरेको जाहेरीमा उल्लेख छ ।



    जाहेरीमा कृष्णलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उप दफा २ बमोजिम दण्ड सजाय गरी जाहेरबालालाई क्षतिपूर्ती समेत दिलाइदिन माग गरिएको छ ।

    जिल्लाकै सुरुङ्गा नगरपालिका वडा नम्वर ७ पोखरियाका कृष्णले गत फागुन १० गते ज्योतिलाई लिएर गएका थिए । ज्योतिसँग विवाह गर्ने बताउँदा कृष्णका बुबाले कुनै किसिमको सम्पति नदिने भन्दै कागज गराउँदा उनले हाँसी–हाँसी औंठाछाप लगाएको उनका बुबाले बताए ।

    ज्योतिलाई कृष्णले पाँच महीनासम्म आफैसँग राखेका थिए । कृष्णअसारको पहिलो साता कोठा खोज्न जाँदैछु भन्दै घरबाट निस्केर लहानको पुष्पाञ्जली लजबाट बाहिरिएका थिए । उनी एक सातासम्म नर्फकेपछि ज्योतिले आफ्नी आमालाई फोन गरेर भनेकी थिइन् । ज्योतिले आफ्नै घरमा आत्महत्या गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार