Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तरिक्षमा बेहुला र पृथ्वीमा बेहुली : विश्व इतिहासमै पहिलो र अन्तिमपटक भएको त्यो अनौठो विवाह

एजेन्सी – संसार विचित्रको छ। यहाँ अनेक घटनाहरु भइरहेका हुन्छन्। तीमध्ये कति घटना पत्याउन मुश्किल हुने खालका हुन्छन्। यस्तै एक घटनाबारे चर्चा गरौं जुन अचम्मित खालको छ।

सन् २००३ को अगस्त १० का दिन रुसका अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले इन्टरनेशनल स्पेस स्टेसनमा विवाह गरेका थिए। यस्तो गर्ने उनी विश्वकै पहिलो व्यक्ति हुन्। उनले अन्तरिक्षमा बसेर पृथ्वीमा रहेकी आफ्नी प्रेमिका कटरिना दमित्रिएवसँग विवाह गरेका थिए। अप्रिल २००३ मा रुसको एक्सपीडिसन–७ मिसन लञ्च गरिएको थियो।

यस मिसनमा एडवर्ड लूका साथ मालेन्चेङ्को अन्तरिक्षमा गए। यस पूरा मिसनको कमान्ड उनकै हातमा थियो। उनको विवाह तय भइसकेको थियो। तर उनी विवाहको मिति पनि पृथ्वी फर्किन मिलेन। तर उनीहरुले तोकिएकै समयमा बिहे गर्ने अडान लिए।

१० अगस्टमा तय गरिएको दिन विवाह गर्ने तयारी भयो। भौतिकरुपमा उपस्थित हुन सक्ने स्थिति नभएपछि यूरी मालेन्चेङ्कोले अन्तरिक्षबाट नै आफ्नो प्रेमिकासँग विवाह गर्ने फैसला गरे। उनकी प्रेमीका अमेरिकाको टेक्सास शहरमा बस्दै आएकी थिइन्। त्यसकारण दुलहा अन्तरिक्षमा अनि दुलही टेक्सासमा भएर पनि विवाह भयो।

यसरी सम्भव भयो विवाह

भिडियो कलबाट विवाहको विधि पुरा गर्ने भनियो। मालेन्चेङ्को विवाहमा उपस्थित हुन नसक्ने भएपछि उनको शरीरको आकारको कटआउट बनाइयो। कटरिनाले यही कटआउटसँग सबै विधि पुरा गरिन्। २५ मिनेटसम्म भिडियो कल चलेको थियो। कटरिनाले सेतो रङ्गको सुन्दर गाउन लगाएकी थिइन्। यूरीले आफ्नो स्पेस सुटमाथि टाई लगाएका थिए।

यसरी अन्तरिक्षमा विश्वको पहिलो र अन्तिम विवाह सम्पन्न भयो। अन्तिम यसकारण कि यसपछि अन्तरिक्ष एजेन्सीले इन्टरनेसनल स्पेस स्टेसनको प्रयोग विवाह वा निजी कामको लागि प्रयोग गर्नबाट रोक लगायो। उक्त बिहे हुनुअघि पनि नासाले अनुमति दिएको थिएन। तर, अन्तिमा चौतर्फी दबाबपछि नासा पनि सहमत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077