Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • एमसीसीलाई साझा न्यूनतम कार्यक्रममा समेट्न प्रचण्डले मानेनन् : देउवा

    एमसीसीलाई साझा न्यूनतम कार्यक्रममा समेट्न प्रचण्डले मानेनन् : देउवा

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) सरकारको साझा न्यूनतम कार्यक्रममा समेट्न नसकिएको बताएका छन्।

    सरकार सञ्चालनका लागि गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनमा एमसीसी किन नसमेटेकाे भन्ने प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले प्रचण्ड तयार नभएको बताए।



    नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा कांग्रेस उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाउदै ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा किन केही समेटिएन भन्दै प्रश्न गरेका थिए।



    जवाफमा देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’

    स्रोतका अनुसार, निधिले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोजेका थिए । उनले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताए ।

    प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार