Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

६ महिने गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेपछि श्रीमानले नै १०० मा फोन गरेर प्रहरी बोलाए

काठमाडौं । काठमाडौंको गुहेश्वरीमा एक व्यक्तिले ६ महिनाकी गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ बर्षीय राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेका हुन्।

श्रीमतीको हत्यापछि श्रेष्ठ आफैंले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएको गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले बताए।

श्रेष्ठको फोनपश्चात प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो । हत्या गरिएकी रञ्जना ६ महिनाकी गभर्वती थिइन् ।

श्रीमतीसँग आपसी बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको डीएसपी भट्टराईले बताए।

यस घटनाका बिषयमा थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077