Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओली सरकारले ९७ लाख खोप ल्याएर ४२ लाखलाई मात्र लगाइएको थियो : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकार (केपी ओली)को पालामा ९७ लाख खोप प्राप्त भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।

यस्तै, नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको भन्दै उनले भने, 'हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेका छन्, असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’

यसअघि पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पालामा नै उल्लेख्य मात्रामा खोप आइसकको भनेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077