Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक :

    अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउनु : पूर्वगृहमन्त्री अधिकारी

    अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउनु : पूर्वगृहमन्त्री अधिकारी

    शुन्य समयमा क-कसले के भने ?

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनालाई बाढी पहिराले प्रभावित बनाएकाले काठमाडौँ उपत्यकाको खानेपानीका लागि उचित व्यवस्थापन गर्नुपर्नेलगायत जनजीवनका विषयमा सरकारसँग माग गरिएको छ ।

    बैठकको शून्य समयमा नेकपा (एमाले)का सांसद जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानीको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए । गत असार १ गतेको बाढी पहिराका कारण मेलम्ची खानेपानी आयोजनस्थलमा क्षति पुगेको छ ।



    नेपाली कांग्रेसका उमा रेग्मीले असारे विकासले बजेट दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही गर्न माग गरिन् । नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले कोरोना कहरबाट प्रभावित बालबालिकालाई उपचार गर्न माग गरे भने सांसद अतहर कमाल मुसलमानले सुकुम्बासी समस्या आयोग विघटन गरिएकामा आपत्ति प्रकट गरे । सांसद आशाकुमारी विकले जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न आग्रह गरिन । सांसद इन्दुकुमारी शर्माले जनकपुर–जलेश्वर सडक दशकौँदेखि जीर्ण भएकाले मर्मत गर्न आग्रह गरिन् ।



    यस्तै, सांसद कल्याणीकुमारी खड्काले रौतहटमा चिनी उद्योगले मजदुरको बाँकी रकम चाँडो दिन आग्रह गरिन् । सांसद एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउन आग्रह गर्दै अन्यथा सदन चल्न नदिइने बताए ।

    सांसद् कुमारी मेचे, कृष्णबहादुर राई, कृष्णभक्त पोखरेल, केदार सिग्देल, खेमप्रसाद लोहनी, गजेन्द्रबहादुर महत, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, गोपालबहादुर बम, गोमा देवकोटा, गङ्गा चौधरी, घनश्याम खतिवडा, चाँदतारा कुमारी, जिपछिरिङ लामा, जुलीकुमारी महतो, झपटबहादुर रावललगायतले सो समयमा समसामयिक विषयमा भाग लिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार