Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रचण्डले मलाई उपयुक्त मन्त्रालय दिने कुरा गर्नुभएको छ : रामनारायण बिडारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले आफूलाई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपयुक्त मन्त्रालय दिने कुरा गरेको बताएका छन् ।

बिहीबार राति प्राइम टिभीबाट प्रसारण भएको 'जनता जान्न चाहन्छन्' कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

'तपाई आफूलाई मन्त्री बनाईदिनुपर्यो भनेर प्रचण्डलाई भेट्न गएको हो ? 'भन्ने धमलाको प्रश्नमा बिडारीले भने, 'मैले कहिले आफूलाई मन्त्री बनिदिनु पर्यो भनेको छैन्, बरु अध्यक्ष आँफैले मलाई सक्षम मन्त्रालय र उपयुक्त मन्त्रालय दिने कुरा गर्नुभएको छ । मेरो दक्षता त कानूनमा हो । तर, अरु मन्त्रालयपनि चलाउन सक्छु ।'

यस्तै, सांसद बिडारीले थपे, 'पढ्दै नपढेकोले जुन मन्त्रालय चलाएपनि हुने, अनि कानून पढेकाले अरु मन्त्रालय चलाउन नहुने ?” उनले अध्यक्ष प्रचण्डसँग मात्रै नभएर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफ्नो सुमधुर सम्बन्ध रहेको जिकिर गरेका छन्।

राष्ट्रिय सभाका सदस्य बिडारी स्पष्ट बक्ताका रुपमा चिनिन्छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077