काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार बिहान ९ः०० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बैठक बोलाएका हुन् ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदमा देखिएका गतिरोध लगायतका विषयमा साझा धारणा बनाउन सभापति लामिछानेले सबै संसदीय दलहरूलाई बैठकमा आमन्त्रण गरेका छन् ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन औपचारिक पत्राचार गरिसकिएको छ।
रास्वपाले प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुईजना प्रतिनिधि सहभागी हुन भनेको छ ।