Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक

    सांसद मातृका यादवले ओलीविरुद्द दिएको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखको रुलिङ

    सांसद मातृका यादवले ओलीविरुद्द दिएको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखको रुलिङ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे सांसद मातृकाप्रसाद यादवले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गरेका छन्।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले भने, ‘हिजो विशेष समयमा मान्य श्री मातृकाप्रसाद यादवले बोल्ने क्रममा प्रयोग गर्नुभएको मेन्टली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्दहरू प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड (ङ) को प्रतिकूल हुने देखिएकाले ती शब्द सचिवालयको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’



    आज प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिजो बिहीवारको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बालेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए।



    बिहीबारको बैठकमा विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद यादवले पूर्वप्रधानमन्त्री ओली शारीरिक र मानसिक रूपमा अस्वस्थ रहेको टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार