Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सभामुख अग्निप्रसाद सापकोटाले छाडे सरकारी निवास

    सभामुख अग्निप्रसाद सापकोटाले छाडे सरकारी निवास

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 777
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् ।

    प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबार सापकोटा सरकारी निवास छाडेर निजी निवासमा फर्किएका हुन् ।



    सापकोटा लामो समयदेखि भक्तपुरको कौशलटारमा बस्दै आएका छन् । सभामुखको हैसियतमा उनी लैनचौरस्थित सरकारी निवासमा बस्दै आएका थिए ।



    संसद् सचिवालयबाट पाएको गाडी, ल्यापटप, मोबाइल तथा ब्रिफकेश बुझाएर उनी निजी निवास फर्किएका हुन् ।

    त्यसअघि उनले संसद् सचिवालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आफू आगामी निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार