Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सभामुखले असोज १ गते सांसदलाई ‘भोज’ खुवाएर बिदाइ गर्दै

    सभामुखले असोज १ गते सांसदलाई ‘भोज’ खुवाएर बिदाइ गर्दै

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित सांसदको ५ वर्षे कार्यकाल असोज २ गते सकिँदैछ ।

    असोज २ गते आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्द सूची पेश भएसँगै २०७४ सालमा निर्वाचित सांसदको कार्यकाल सकिन लागेको हो ।



    असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदलाई बिदाइ गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।



    संघीय संसद् भवन नयाँ बानेश्वरमा नै ‘भोज’ खुवाएर बिदाइ गर्न लागिएको सचिवालय उच्च स्रोतले जनाएको छ ।

    प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै त्यसै दिन अन्तिम बैठक राखेर सांसदलाई बिदाइ गर्न लागिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार