Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राष्ट्रिय जन कांग्रेसका अध्यक्ष ली झान्शु सोमबारदेखि नेपाल भ्रमणमा

    राष्ट्रिय जन कांग्रेसका अध्यक्ष ली झान्शु सोमबारदेखि नेपाल भ्रमणमा

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 891
    SHARES

    काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

    उनी सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।



    अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपाल औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    उनी सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार