Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सभामुख सापकोटाले भने – नेपालका नेताहरु क्षणिक स्वार्थको लागि मात्रै भाषण गर्छन्

    सभामुख सापकोटाले भने – नेपालका नेताहरु क्षणिक स्वार्थको लागि मात्रै भाषण गर्छन्

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 807
    SHARES

    सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलका ठूला नेताहरु क्षणिक स्वार्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गरेका छन् ।

    सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।



    उनले भने, ‘नेपालमा नेताहरुले बढी भाषण गर्ने चलन रहेको छ । तत्कालिन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृति छ ।



    खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाको लागि नेताहरुले भाषण गर्ने गरिएको छ । कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वास्र्थ लागि लागेको देखिन्छ ।’

    सभामुख सापकोटाले स्थानिय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार