Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मानव बेचविखनको त्रासदी : सीमामा आवतजावत गर्ने सबैको तथ्याङ्क राख्न निर्देशन

काठमाडौं – संसदीय महिला तथा सामाजिक समितिले सीमामा आवतजावत गर्नेको हरेको व्यक्तिको तथ्याङ्क राख्न निर्देशन दिएको छ। मानव बेचविखन तथा ओसारपोसार रोकथाम तथा खुला सीमाको नियमन व्यवस्थित गर्न समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो।

बालिका र महिलाहरु हराउने तथा सीमापारी लगेर बेचिने घटनाहरु बढेकाले सरकारलाई सीमामा आवतजावत गर्ने सबै व्यक्तिको तथ्याङ्क राख्न निर्देशन दिइएको समितिकी सभापति निरुदेवी पालले जानकारी दिएकी छिन्।

त्यस्तै समितिले नाम, थर, वतन नखुलेका, हराएकाहरुको प्रहरीमा उजुरीपछि अभिलेख रहने तथा भेटिएको जानकारी नगराइ पारिवारिक पुनर्मिलन भइरहेकोले तथ्यांक यथार्थपरक नदेखिएकामा ध्यानार्षण भएको बताएको छ। त्यसका लागि प्रहरीको रोहवरमा पारिवारिक पुनर्मिलन गराउनुपर्ने गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बालअधिकार परिषद्लाई निर्देशन दिइएको सभापति पलले बताइन्।

नेपालमा मानव बेचविखन र ओसारपसारको तथ्याङ्क डरलाग्दो छ। राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गतवर्ष तीन हजार ६ सय ५८ बालबालिका हराएकामा तीन हजार ९ फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077