Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने नेता प्रचण्ड’

काठमाडौं । काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् । प्रचण्डकै कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको तथा आफ्नो मुख्यमन्त्री पद पनि गुमेको अवस्थामा उनी प्रचण्डमाथि खनिएका हुन् ।

दाङमा आज आयोजित एक कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोपसमेत लगाए ।

प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको पनि उनको टिप्पणी थियो ।

आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको उनको आरोप छ ।

उनले भने–‘प्रचण्ड माओवादीका नेता, उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्‍यौं । पार्टी एकता गर्‍यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नु भएको रैनछ । माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो । आजको परणामले त्यही पुष्टि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077