Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ‘द भ्वाइस नेपाल नेपाल ३’ का विजेता किरणको अनुकरणीय कर्म : ३ ओटा एम्बुलेन्स सहयोगको घोषणा

    ‘द भ्वाइस नेपाल नेपाल ३’ का विजेता किरणको अनुकरणीय कर्म : ३ ओटा एम्बुलेन्स सहयोगको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ – गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेरले शरणार्थीहरुलाई २ ओटा एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका छन्।

    इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलो झापामा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग गर्न त्यहाँ पुगेका किरणले थप एक एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका छन्।



    इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व पुगेका उनले भुटानी शिविर पथरीमा रहेका अशक्त र वृद्धवृद्धाहरुलाई जनही ५ हजारका दरले भत्ता दिएका थिए। संस्थाका रुद्र बानियाँले हरेक महिना आजिवन भत्ता उपलब्ध गराउने जानकारी दिए।



    त्यस्तै झापाको बेलडाँगीमा रहेको शरणार्थी शिविरमा पनि किरण पुगेका थिए। त्यहाँ संस्थाले वृद्दाश्रम निर्माण गरेको छ। उनले वृद्धाश्रमका लागि अर्को एउटा एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन्।

    अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा पश्चिममा १ र पुर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन्। पूर्व यात्रामा किरणले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग पनि भेट गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार