Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • किरण गजमेरले जिते ‘द भ्वाइज अफ नेपाल ३’ को उपाधि

    किरण गजमेरले जिते ‘द भ्वाइज अफ नेपाल ३’ को उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। उपाधि जितेसँगै उनले नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए।

    यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन्। यी तीनैजना फाइनलिस्टले द भ्वाईसको ट्रफी पाएका छन्।



    एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए। शनिबारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए।



    किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए। किरणले भने–‘म यो मायाको लागि सधै नै ऋणी भएको छु। मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार