Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राजधानीमा सम्पन्न एसइइ कपको उपाधि बाजुरा युनाइटेडलाई

    राजधानीमा सम्पन्न एसइइ कपको उपाधि बाजुरा युनाइटेडलाई

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । बाजुरा युनाइटेड स्पोर्ट्स क्लबले एसइइ कप २०७८ को उपाधि जितेको छ। सोमबार भएको फाइनल खेलमा एनबिटि ब्वाइजलाई ५–३ गोलले पराजित गर्दै बाजुराले उपाधि जितेको हो।

    एबिसि फुटबल एकेडेमिको आयोजनामा प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको थियो। उपाधि जितेपछि बाजुरा युनाइटेडका प्रशिक्षक प्रविण भण्डारीले टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। ‘प्रतियोगिताभर टोलीको प्रदर्शन उत्कृष्ट रह्यो। हामी उपाधिका हकदार हौं,’ उनले भने।



    त्यस्तै भण्डारीले टोलीले उपाधिका लागि कडा मिहेनत गरेको र त्यसको फल पाएको प्रतित्रिया दिए। ‘हाम्रो लक्ष्य उपाधि जित्नु नै थियौं र जित्यौं पनि। त्यसका लागि टोलीले कडा मेहनत गरेको थियो। खुशी छौं,’ उनले भने।



    बाजुरा युनाइटेडका अध्यक्ष पुष्प विष्ट (ज्वाला)ले फुटबलमा भविष्य खोज्ने बाजुराका युवा खेलाडीहरुका लागि यो प्रतियोगिता एक कोशेढुंगा साबित भएको बताए। ‘बाजुराजस्तो ठाउँबाट यहाँ आएर उपाधि जित्नु सजिलो थिएन। तर खेलाडीको कडा मेहनतले हामीले यो सफलता हासिल गर्न सफल भएका छौं,’ विष्टले भने, ‘यो उपाधिले बाजुरा युनाइटेडको आगामी यात्रामा थप उर्जा थपिएको छ। सबैलाई बधाई।’

    एसइइ कपमा भर्खर एसइइ पास गरेका खेलाडीहरु सहभागी भएका थिए। बाजुरा युनाइटेडका गोलकिपर कुम्बा देउवा प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए। उपाधि वितरण कार्यक्रममा नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका विक्रम लामा प्रमुख अतिथि रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार