Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बाजुरा युनाइटेड स्पोर्ट्स क्लबले एसइइ कप खेल्दै

    बाजुरा युनाइटेड स्पोर्ट्स क्लबले एसइइ कप खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, ९ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । एबिसि फुटबल एकेडेमिले आयोजना गर्ने एसइइ कप २०७८ मा बाजुरा युनाइटेड स्पोर्ट्स क्लबले भाग लिने भएको छ। असोज १० गतेबाट सुरु हुने लागेको उक्त कपमा बाजुरा युनाइटेड पनि प्रतिस्पर्धा गर्न लागेको हो।

    एसइइ कपमा भर्खर एसइइ पास गरेका खेलाडीहरु सहभागी हुन पाउनेछन्। बाजुरा युनाइटेडका अध्यक्ष पुष्प विष्ट (ज्वाला)ले फुटबलमा भविष्य खोज्ने युवा खेलाडीहरुका लागि यो प्रतियोगिता एक अवसर भएको बताएका छन्।



    बाजुरामा रहेका युवा खेलाडीहरुले पनि आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गरुन् भन्ने उद्धेश्यका साथ आफ्नो टिमले पनि सो प्रतियोगितामा सहभागिता जनाउन लागेको अध्यक्ष ज्वालाले बताएका छन्।



    त्यस्तै उनले क्लबबाट प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरुलाई आफूलाई सम्पर्क गर्न पनि अनुरोध गरेका छन्। प्रतियोगिता जित्ने टोलीले मेडल, सर्टिफिकेटसँगै २० हजार नगद पाउनेछ। उपविजता टोलीले मेडल, सर्टिफिकेटसँगै १० हजार नगद पाउनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार