Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बाजुरा युनाइटेड राजधानीमा जारी एसइइ कपको क्वाटरफाइनलमा

    बाजुरा युनाइटेड राजधानीमा जारी एसइइ कपको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । बाजुरा युनाइटेड स्पोर्ट्स क्लब एसइइ कप २०७८ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। एबिसि फुटबल एकेडेमिले काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा बाजुरा युनाइटेडले क्वाटरफाइनलमा स्थान बनाएको हो।

    समूह चरणको पहिलो खेलमा बाजुराले भिएस निकेतनसँग २–२ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा बालाजु युनाइटेडसँग २–१ गोलले हारेको बाजुराले तेस्रो खेलमा ग्यान टाइगरलाई ११–१ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो।



    समूूह चरणका खेलहरु सकिएपछि बाजुरा युनाइटेडका प्रशिक्षक प्रविण भण्डारीले टोलीको खेलसँग सन्तुष्ट रहेको बताएका छन्। ‘टोलीको प्रदर्शन सन्तोषजनक छ। र पनि समूह चरणका खेलमा केही कमी कमजोरहरु भए,’ उनले भने, ‘आगामी खेलमा त्यसलाई सुधार गर्नेछौं।’



    त्यस्तै भण्डारीले टोलीको लक्ष्य उपाधि जित्नु रहेको पनि जानकारी दिए। ‘हाम्रो लक्ष्य उपाधि जित्नु नै हो। त्यसका लागि टोलीले कडा मेहनत गरिरहेको छ,’ उनले भने, ‘अहिलेसम्मको खेल राम्रो छ। त्यसलाई निरन्तरता दिने प्रयास गर्नेछौं।’

    एसइइ कपमा भर्खर एसइइ पास गरेका खेलाडीहरु सहभागी हुन पाउनेछन्। बाजुरा युनाइटेडका अध्यक्ष पुष्प विष्ट (ज्वाला)ले फुटबलमा भविष्य खोज्ने युवा खेलाडीहरुका लागि यो प्रतियोगिता एक अवसर भएको बताएका छन्।

    बाजुरामा रहेका युवा खेलाडीहरुले पनि आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गरुन् भन्ने उद्धेश्यका साथ आफ्नो टिमले पनि सो प्रतियोगितामा सहभागिता जनाएको उनले बताए। ‘अरु टिमको जस्तै हाम्रो टिम पनि उपाधि जित्न चाहन्छु। तर उपाधि जित्नुमात्रै पनि सबथोक होइन। युवा खेलाडीले केही सिक्ने मौका पनि पाएका छन्,’ ज्वालाले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार